मेलम्चीको पानी सुन्दरीजलमा, केहि दिनमै काठमाडौंका घर–घरमा आउने
काठमाडाैं | मंसिर २०, २०७९
काठमाडौं: मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ।
गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो।
अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए।
उनकाअनुसार अब केहि दिनमा मेलम्चीको पानी काठमाडौंका घर घरमा पठाइनेछ।
‘पानी सफा हुन केही समय लाग्न सक्छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन्। उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन्।
तर सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ। नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भने पनि त्यसअनुसार खासै काम अघि बढेको थिएन।
काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले आज मेलम्ची खानेपानी विकास समिति पुनर्गठन र मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणसमेत गर्ने भएका छन्।
्
केही दिनअघि काठमाडौं १ का सांसद प्रकाशमान सिंहले अम्बाथान पुगेर आयोजनाको अहिलेको अवस्थाबारे बुझेर फर्केका थिए।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

